एनआईसी एसियाका ऋणीलाई जेठमा पनि ब्याजमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 01:24:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले जेष्ठको कर्जाको ब्याजमा १० प्रतिशत  छुट प्रदान गर्ने भएको छ । जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम सोही मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा बैंकले सम्पूर्ण ब्याज रकममा १० प्रतिशत तथा जरिवानाको शतप्रतिशत रकम छुट गर्ने जनाएको हो ।

यसअघि बैंकले २ प्रतिशत ब्याज सहुलियतको अलावा ऋणीहरुले वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता, ब्याज रकम वैशाख मसान्तभित्र चुक्ता गरेमा ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो ।

नेपाल राष्ट्र बैंकद्वारा मिति २०७७ वैशाख १६ गते कोरोना भइरसबाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा २ प्रतिशत ब्याज सहुलियत दिन गरिएको निर्देशनको जारी गरेको थियो । उक्त निर्देशनको कार्यन्वयनको साथै थप वैशाख र जेष्ठ महिनमाको कर्जाको ब्याज रकममा पनि १० प्रतिश छुट प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ । 

यस्तै बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशनको पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गरेको ऋणीहरुको नियमित ब्याजको १० प्रतिशतले हुन आउने रकम ग्राहकको खातामा जम्मा गरिसकेको जनाउको छ । यस्तै वैैशाख महिनाको ब्याजको १० प्रतिशले हुन आउने रकम जेष्ठ महिनाको पहिलो हप्ता भित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गरिदिने बैंकले जनाएको छ ।

बैंकले ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved