बैंकिङमा कोरोना प्रभावबारे अध्ययन गर्न राष्ट्र बैंकद्वारा कार्यदल गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 03:42:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले कोरोनाले अर्थतन्त्रका बिभिन्न क्षेत्रमा पारेको प्रभावले बैंकिङ उद्योगमा पर्ने प्रभाव अध्ययन गर्न छुट्टै कार्यदल बनाएको छ। राष्ट्र बैंकले नियमन बिभाग प्रमुख देवकुमार ढकालको नेतृत्त्वमा उक्त कार्यदल बनाएको हो। 

कार्यदलमा नियमन विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिईएको छ भने अनुसन्धान विभागका निर्देशक, नेपाल चाटर्ड एकाउन्टेन्टस् संस्था ९आइक्यान० नेपाल बैंकर्स संघ र लेखामान बोर्डका प्रतिनिधी सदस्य रहनेछन्। 

कार्यदलले जेठ ५ गतेभित्र प्रारम्भिक तथा जेठ १५ भित्र अन्तिम प्रतिवेदन बुझाउने कार्यदलको नेतृत्त्व गरिरहेका नियमन बिभाग प्रमुख ढकालले बिजपाटीलाई बताए। 

कार्यदलले बिशेषतस् कोरोनाले अन्य क्षेत्रमा असर पार्दा ति क्षेत्रका कारण बैंकिङ क्षेत्रमा पर्ने असरबारे बिशेष अध्ययन गर्नेछ। र उक्त अध्ययनको आधारमा अहिले राष्ट्र बैकले दिईरहेको प्याकेज पर्याप्त छ छैन, ऋणीलाई असार मसान्तसम्म ब्याज तिर्न दिइएको छुट पर्याप्त छ वा छैन, ऋणीले एकै पटक असार मसान्तमा ब्याज तिर्न सक्छन सक्दैनन, थप प्याकेजको आवश्यकता छ छैन, दिनुपर्ने प्याकेजमा कानुनी तथा प्राविधिक जटिलता कस्तो हुन्छ जस्ता बिषयमा अध्ययन गरेर सुझाब पेश गर्ने ढकालले बताए। कार्यदलको पहिलो बैठक मंगलबार बसिसकेको छ। 

यसअघि राष्ट्र बैंकले ऋणीहरुलाई तिन महिनाको लागि दुई प्रतिशत ब्याज छुट दिने लगायतका प्याकेज ल्याएकोमा असन्तुष्ट बनेका बैंकरहरु यस कार्यदलको गठनले आशाबादी बनेका छन्। त्यसो त राष्ट्र बैंकले यसअघि पनि अनुसन्धान बिभागको नेतृत्त्वमा कोरोनाले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गर्न कार्यदल गठन गरेको थियो। तर उक्त कार्यदलले अर्थतन्त्रका बिभिन्न १२ क्षेत्रमा कस्तो असर गर्छ भनेर अध्ययन गर्ने भएपनि आफु नेत्रित्वको कार्यदलले अर्थतन्त्रका बिभिन्न क्षेत्रमा परेको असरले बैंकिङ उद्योगलाई कस्तो असर पर्छ भनेर अध्ययन गर्ने र त्यहिअनुसार प्रतिबेदन बुझाउने ढकालले बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved