सनराईज बैंक Sunrise Bank Limited ले चितवन मेडिकल कलेज र महाभारत गाउपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई सहयोग गरेको छ ।
बिहिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान पीपीई चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी बिमल ज्ञवालीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा सिमित स्रोत साधनका साथ अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि निभाएको भूमिका अतुलनीय रहेको बताए ।
त्यस्तै बैंकले बुधबार काभ्रेको महाभारत गाउँपालिकालाई १० थान पीपीई र एक हजार थान मास्क हस्तान्तरण गरेको जनाएको छ । उक्त सामाग्री बैंकका महाभारत शाखा अधिकृत राजकुमार थापाले गाउँपालिकाका मेयर हरि सिंह बिष्टलाई हस्तान्तरण गरेको जनाइएको छ ।