अब राजाको तस्विर भएकासहित यस्ता १२ प्रकारका नोट चलनचल्तीमा नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2020 | 07:45:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अब पुर्व राजाको तस्विर भएका पुराना नोटहरु चलनचल्तीमा नआउने भएको छ । नेपाल राष्ट्र बैंकले पुर्व राजाको तस्विर भएको सहित विभिन्न एक दर्जन नोटहरु चलनचल्तीमा नल्याउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो 

राष्ट्र बैंकले सफा नोट नीतिलाई संशोधन गर्दै यस्तो ब्यबस्था गरेको हो । जस अनुसार अब झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, भिजेको, छपाई बिग्रेको, नोटको अंक, अक्षर, चित्र तथा सुरक्षण ब्यबस्थाहरु बिग्रिएको वा नबुझिने गरेको नोटहरु चलनचल्तीमा पाइने छैन । त्यस्तै रंग लागेको, लेखिएको, कोरिएको, मेटिएको, च्यातिएको, र पुर्वराजाको तस्विर भएको नोट पनि चलनचल्तीमा पाउने छैन 

राष्ट्र बैंकले सम्पूर्ण नोटहरुलाई ३ चरणमा बर्गिकरण गर्न निर्देशन दिएको छ । जस  अनुसार बैंक तथा वित्तीय संस्थाहरुले एटिएम लगायतका मेसिन मार्फत चलनचल्तीमामा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमामा पठाउन योग्य, र चलनचल्तीमामा पठाउन अयोग्य गरी नोटहरुलाई बर्गिकरण गर्नु पर्छ । यसरी बर्गिकरण गरिएका नोटहरुमा क्रमश हरियो , सेतो र रातो स्लिप प्रयोग गर्नु पर्ने छ 

राष्ट्र बैंकले नोटमा स्टिच प्रयोग नगर्न समेत आग्रह गरेको छ 

यस्तो छ राष्ट्र बैंकको निर्देशन : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved