ग्लोबल आइएमई बैंकद्वारा फोटो पत्रकारलाई प्रेस ज्याकेट हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 05:26:12 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले विभिन्न जिल्लाका फोटो पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ । आइतबार बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेलाई उक्त ज्याकेटहरु हस्तान्तरण गरेका हुन् । 

वितरण कार्यक्रममा बोल्दै नायव महाप्रबन्धक रेग्मीले प्रेस ज्याकेटले फोटो पत्रकारहरुलाई बन्दाबन्दीको अवस्थामा रिपोर्टिङमा जाँदा सहज हुने अपेक्षा रहेको बताए । उनले नेपाल फोटो पत्रकार महासंघमार्फत फोटो पत्रकारहरुलाई सहयोग गर्न पाएकोमा खुशी समेत व्यक्त गरे । 

महासंघका अध्यक्ष आलेले बैंकले प्रदान गरेको प्रेस ज्याकेटले पत्रकारहरुलाई महामारीको जटिल परिस्थितिमा रिपोर्टिङमा सहज हुने बताए । उनले ज्याकेट सहयोगको लागि बैंकलाई धन्यवाद समेत ज्ञापन गरे ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved