बैंक संचालनबारे कपिलबस्तु जिल्ला प्रशासन कार्यलयको हास्यास्पद निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 12:32:03 AM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनको अवधिमा बैंक संचालनबारे कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयलाई सामाजिक संजालमा मजाकको बिषय बनाइएको छ। कपिलबस्तु जिल्ला प्रशासन कार्यालयले लकडाउनको अवधिमा जोर बिजोर खाता प्रणालीअनुसार बैंक सेवा लिन भन्दै गरेको निर्णय मजाकको बिषय बनेको हो। 

कपिलबस्तुको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले जोरबार अर्थात सोमबार बुधबार र शुक्रबार जोर खाताहरुको मात्र कारोबार गर्ने, बिजोर बार अर्थात आइतबार, मंगलबार र बिहिबार बिजोर खाताहरुको कारोबार गर्ने निर्णय गरेको बिज्ञप्तीमा उल्लेख छ। 

जोर बिजोर खाता अनुसार बैंकिङ सेवा दिनलाई गरिएको आग्रह अबैज्ञानिक र अब्योहारिक भएको  सामाजिक संजालमा  टिप्पणी गरिएको छ। सवारी साधन चलाउनलाई झैं गरिएको जोर बिजोर प्रणाली बैंकिङ कारोबारमा हुन् नसक्ने भन्दै उस्तो निर्णय गर्ने संस्था र व्यक्तिको निर्णय क्षमतामाथि नै प्रश्न उठाइएको छ। 

 जोर र बिजोर बैंक खाता पत्ता लगाउन सहज भए पनि सेवा लिने र दिने जोरबिजोर प्रणाली हुन् सक्ने भएकाले यस्तो निर्णय बुझाईको कमिले आएको बैंकरहरुले बताएका छन्। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved