शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 02:44:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले राजश्व कारोवार गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई विदाको दिनमा पनि खुल्ला राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले कर दाखिला गर्ने अवधि नासकिंदासम्म राजश्व संकलन गर्ने बैंकको सम्पूर्ण शाखा र काउन्टरहरु विदाको दिन पनि खोल्न निर्देशन दिएको हो ।

सरकारले जेठ २५ गतेसम्ममा कर दाखिला गरि सक्न आग्रह गरेको छ । सोहि अनुसार राष्ट्र बैंकले राजस्व संकलन गर्ने काउन्टर तथा शाखा र क्लियरिङ हाउस सम्बन्धी कार्य गर्ने काउन्टर शनिबार पनि पूर्णरुपमा खुल्ला राख्न निर्देशन दिएको हो । 

हेर्नुस सूचना 


 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved