मेगाले गण्डकीलाई प्राप्ति गर्ने प्रस्ताव पारित, कति पुग्छ चुक्ता पुँजी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 03:24:19 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपालको विशेष साधारण सभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाडौंमा भएको विशेष साधारण सभामा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्ति गर्नका लागि पेश गरेको प्रस्ताव पारित भएको हो । 

मेगा र गण्डकीको शेयर आदान प्रदान अनुपात १ः१ रहेको छ । यो प्राप्ति पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए । 

साधारण सभामा मेगाकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकीलाई प्राप्ति गरेपछि मेगाको स्तर अभैm बढ्ने बताईन् । उनले मेगाको शाखा सञ्जाल प्राप्ति पश्चात् ५८ वटा जिल्लामा फैलने जानकारी दिइन् । यसैगरी देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंक मध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं स्थान, कर्जाका आधारमा १२औं र मुनाफाका आधारमा ११औं स्थानमा रहने सिइओ खुञ्जेलीले जानकारी दिइन् । 

उनका अनुसार, गण्डकीलाई प्राप्ति गरेपछि मेगाको चुक्ता पुँजी १३ अर्ब १३ करोड, निक्षेप १ खर्ब २५ अर्ब भन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब रुपैयाँ भन्दा बढी हुने भएको छ । त्यस्तै मेगाको ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुने उनले बताइन् ।  

यस्तै पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकीको पनि बुधबारकै दिन सम्पन्न विशेष साधारण सभाले समेत गण्डकीलाई मेगाले प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । गण्डकीका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले यस प्राप्तिका लागि पेश गरेको प्रस्तावलाई विशेष साधारणसभाले पारित गरेको हो । ९६ वटा शाखा सञ्जाल रहेको गण्डकीको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको जनाइएको छ । 

दुबै बैंकको विशेष साधारण सभाले स्वीकृति दिएसँगै मेगालाई गण्डकी प्राप्ति गर्नका लागि बाटो खुलेको छ । यसै आर्थिक वर्ष भित्रमा गण्डकीलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको मेगाका अध्यक्ष शाहले जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved