अनलाईनबाट एनआईसी एशियाको खाता खोल्न थप सहज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2020 | 05:24:31 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले अनलाईनबाट खाता खोल्ने प्रक्रियालाई थप सहज बनाएको छ । बैंकले अनलाईन खाता खोल्ने ग्राहकको संख्यामा बढीरहेको भन्दै थप सुधारयुक्त तथा छोटो समयमै खाता खोल्न सक्ने सुविधा ल्याएको हो । 

बैंकका अनुसार सर्वप्रथम ईमेल, नाम, मोबाईल नम्बर, जन्ममिति, शाखा जस्ता विवरण भरिसकेपछि ग्राहकले दोस्रो चरण पूरा गर्नका लागि बैंकबाट इमेल प्राप्त गर्ने र दोस्रो चरणमा ठेगाना, परिचय, परिवार लगायतका विवरण ग्राहकले भर्नुपर्ने हुन्छ । त्यसपछि ग्राहकले आफ्नो डकुमेन्ट अपलोड गर्न सक्ने बैंकले जनाएको छ । यस्तै विवरण भर्ने क्रममा सही विवरण भर्न समेत आवेदकलाई त्यहाँबाट सुझाव प्राप्त हुने जनाइएको छ । विदेशमा रहेका ग्राहकले आफ्नो सम्पर्क विवरणसहित खाता खोल्नका लागि ईमेलमार्फत अनुरोध गर्न सक्नेछन् । उक्त प्रक्रिया प्रयोगकर्ताले तत्काल खाता नम्बर प्राप्त गर्नेछन् तर बैंकले सम्पूर्ण विवरण चेक गरेर मात्र त्यसलाई मान्यता दिने बताइएको छ ।

अब ग्राहकले खाता खोल्नको लागि चाहिने सम्पूर्ण विवरण तथा फोटो आफ्नो साथैमा राखि बैंकको वेबसाईटमा गई अनलाईन खाताको निवेदन भर्न सुरु गरेमा पाँच मिनेटमै सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने बैंकले जनाएको छ ।

यसरी अनलाईन खाता खोलेका ग्राहकले लकडाउन अवधीसम्म मोबाईल बैंकिङ्गमार्फत पहिलो कारोबार गर्दा पाँच सय रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्ने जनाइएको छ । 

बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६३ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved