नेपाल बैंकद्वारा प्रहरीलाई ज्याकेट प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2020 | 01:10:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  ले प्रहरीलाई महानगरीय प्रहरी वृत्त गौशालालाई ६० थान फ्लोरेसेन्ट ज्याकेट प्रदान गरेको छ । बैंकका वाग्मती प्रदेश प्रमुख सुन्दर पन्थीसहितको उपस्थितिमा प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतलाई शनिबार उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

प्रदेश प्रमुख पन्थीले आम जनताको सुरक्षार्थ अहोरात्र खटिरहेको र प्रहरी हाम्रो साथी भएको कुरा सो वृत्तले प्रस्तुत गरेको बताए । प्रहरी नायब उपरीक्षक बस्नेतले रात्रिकालीन समयमा प्रहरी जवान मैदानमा खटिनुपर्ने र फ्लोरोसेन्ट ज्याकेटको अभावमा प्रहरी जवानको दुर्घटना भई मृत्युसमेत भएको हुँदा सो सहयोगले उत्साह मिल्ने बताए । बैंकले नेपाल सरकारको कोरोना रोकथाम तथा उपचार कोषमा पनि रकम प्रदान गरिसकेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जनाए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved