खर्च कटौतीमा जुटे बैंकहरु, दुध चिया बन्देजदेखि प्रिन्ट नगर्नसम्मको उर्दी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2020 | 01:55:08 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना महामारीको कारण व्यवसाय विस्तार र आम्दानीमा असर गर्ने भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले खर्च कटौतीको लागि आफ्ना शाखाहरुलाई दबाब दिन थालेका छन् । यसै बीचमा एक बाणिज्य बैंकले आफ्ना सम्पूर्ण शाखा प्रबन्धकहरुलाई खर्च कटौती गर्नको लागि दुध हालेको चिया पिउन नै प्रतिबन्ध लगाएको छ ।

उक्त बैंकले आज असार १ गतेदेखि नै लागु हुने गरी सम्पूर्ण शाखामा दुध, कफी, र 'ग्रिन टि'को खरिदमा प्रतिबन्ध लगाएको हो ।  त्यस्तै बैंकले केन्द्रिय कार्यालयको अनुमति बिना स-साना खर्च र अन्य विविध शिर्षकको खर्चमा प्रतिबन्ध लगाएको छ । बिजपाटीले फेला पारेको उक्त प्रत्रमा अत्यावश्यक बाहेक प्रिन्टको काम समेत नगर्न भनिएको छ भने टोनर र प्रिन्ट गर्ने पेपर खरिदमा समेत केन्द्रीय कार्यालयबाट अनुमति लिनु पर्ने उल्लेख गरिएको छ । त्यस्तै शाखाहरुमा भएका सबै खर्चको विवरण केन्द्रीय कार्यालयमा पठाउनु पर्ने बाध्यकारी ब्यबस्था समेत बैंकले गरेको छ ।

यो पनि: अर्बपति बिनोद चौधरीको बैंकले दियो घर भाडा छुट माग्न निर्देशन

त्यस्तै बिजुली खपतमा पनि मितव्ययिता अपनाउन र बिजुली खपत सकेसम्म कम गर्न निर्देशन दिईएको छ । त्यस्तै बैंकले कार्यालयमा रहेका फोनबाट भएको कलको विवरण राख्ने र व्यक्तिगत प्रयोजनको लागि कार्यालयको फोन प्रयोग नगर्न निर्देशन दिएको छ । त्यस्तै कार्यालयको गाडीको हकमा पनि मितव्ययिता अपनाउन र शाखा प्रबन्धकहरुलाई गाडी प्रयोगको रेकर्ड राख्न भनिएको छ । त्यस्तै ग्राहक सम्बन्ध र कर्मचारी मनोरञ्जन शिर्षकमा कुनै पनि खर्च नगर्न भनिएको छ । साथै यदि कुनै शाखामा आवश्यक नपर्ने क्षेत्र भए त्यसको भाडा सम्झौता रद्द गरी त्यो क्षेत्र छोड्नको लागि समेत भनिएको छ । 

उता नबिल बैंकले भने आफ्ना सबै शाखा प्रबन्धकहरुलाई घरबेटीसँग कुरा गरेर घरभाडा छुटको लागि आग्रह गर्न निर्देशन दिएको छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved