अर्बपति बिनोद चौधरीको बैंकले दियो घर भाडा छुट माग्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2020 | 03:44:17 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना महामारीको कारण व्यवसाय विस्तार र आम्दानीमा असर गर्ने भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले खर्च कटौतीको लागि आफ्ना शाखाहरुलाई दबाब दिन थालेका छन् । यसै बीचमा बैंकिङ क्षेत्रमा आफुलाई एक नम्बर दाबी गर्ने नबिल बैंकले  कार्यालय रहेको स्थानको केहि भाडा छुटको लागि आग्रह गर्न निर्देशन दिएको पाइएको छ ।

बैंकले यस क्षेत्रमा आफु स्वस्थ्य लिडर बनिरहनको लागि यो कार्य गर्नु पर्ने जनाएको छ । बैंकले सबै शाखा प्रबन्धकहरुलाई पत्राचार गरेर कार्यालय रहेको स्थानको घरभाडामा केहि छुट दिनको लागि घरबेटीसँग आग्रह गर्न निर्देशन दिएको हो । बैंकले शाखा कार्यालय रहेको स्थानको लागि मात्र नभई एटिएम रहेको स्थानको र होर्डिङ बोर्डको समेत भाडा छुटको लागि आग्रह गर्न निर्देशन दिएको हो ।

त्यस्तै बैंकले यस्तो भाडालाई कम गर्नको लागि पनि आग्रह गर्न निर्देशन दिएको छ ।  त्यस्तै बैंकले कम गरिएको भाडादरलाई ३ बर्षसम्म परिवर्तन नगर्नको लागि पनि आग्रह गर्न भनेको छ ।  

यो पनि: खर्च कटौतीमा जुटे बैंकहरु, दुध चिया बन्देजदेखि प्रिन्ट नगर्नसम्मको उर्दी

घरभाडा नै छुट माग्नको लागि निर्देशन आएपछि शाखा प्रबन्धकहरु अप्ठेरोमा परेका छन् । घरबेटीले आफ्नो ऋणको ब्याज मिनाहा गरिदिने सर्तमा मात्रै घरभाडा छुट दिन सकिने जवाफ पठाएको बैंक स्रोतले जनाएको छ।

स्मरण रहोस नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सबै भन्दा धेरै अर्थात् ३ अर्ब १५ करोड खुद नाफा कमाएको थियो । बैंकमा नेपालका  एक मात्र अर्बपति बिनोद चौधरीको विदेशस्थित एनबि इन्टरनेशनलको ५० प्रतिशत र उनको परिवारका अन्य सदस्यको ४ प्रतिशत शेयरस्वामित्व रहेको छ ।  अर्बपति सुचीमा रहेका व्यक्तिको लगानीको बैंकले पनि घरभाडा छुट माग्न दिर्नेशन दिएपछि बैंकको प्रतिष्ठामाथि नै प्रश्न उठेको र आफुहरुले लज्जित भएको बैंक कै कर्मचारीहरु बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved