१४ गुणा बढी तलब दिएर कर्मचारी बिदाई गर्दै ग्लोबल आईएमई बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2020 | 07:29:04 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना महामारीको कारण व्यवसाय विस्तार र आम्दानीमा असर गर्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरुले खर्च कटौतीको लागि विभिन्न उपायहरु अपनाउन लागेका छन् । बैंकका संचालकहरुले दबाब दिएपछि बैंक ब्यबस्थापनले शाखा प्रबन्धकहरुलाई विभिन्न प्रकारका दबाब दिन थालेका हुन् 

यसैबीच ग्लोबल आईएमई बैंक Global IME Bank Limited ले खर्च कटौतीको लागि भिआरएस मार्फत ठुलो संख्यामा स्थायी कर्मचारीलाई बिदाई गर्ने तयारी गरेको छ । स्रोतका अनुसार बैंकले भिआरएस मार्फत १४ महिनसम्मको तलव दिने विकल्प दिएर ठुलो संख्यामा स्थायी कर्मचारी बिदाई गर्न लागेको हो 

जनता र ग्लोबल मर्ज भई बनेको बैंकमा 'ओभर स्टाफिङ' अर्थात् आवश्यक भन्दा बढी कर्मचारी छन् । बैंकले यसलाई ब्यबस्थापन गर्नको लागि आक्रमक रुपमा थप शाखा विस्तार गर्ने र ति शाखामा कर्मचारी खटाउने तयारी गरेको थियो । तर लकडाउनको कारण शाखा विस्तारको कार्य रोकिएपछि बैंकले कर्मचारी घटाउन भिआरएसको विकल्प रोजेको हो 

जस अनुसार बैंकले असिस्टेन्ट म्यानेजरदेखि डेपुटी सीईओसम्मको लागि भिआरएसको सुबिधा लिएर बाहिरिन सक्ने विकल्प दिएको छ । यसरी बाहिरिने कर्मचारीलाई हाल खाईपाई आएको तलवको १४ गुणा रकम एकमुष्ट दिने तयारी बैंकले गरेको स्रोतले जनाएको छ । बैंकले भिआरएसको विकल्प लिएर बाहिरिन चाहनेको लागि असार ३ गते बुधबारसम्मको समय दिएको छ । बैंकमा असिस्टेन्ट म्यानेजरदेखि डेपुटी सीईओसम्म १२८ जना कर्मचारी रहेकोमा ५० बढी कर्मचारीहरु यो सुबिधा लिएर बाहिरिने अनुमान बैंकले गरेको स्रोतको दाबि छ 

अन्य बैंकले खर्च कटौती गर्न विभिन्न रणनीति अपनाएका छन् । जस अनुसार नबिल बैंकले घर भाडा छुटको आग्रह गर्ने तयारी गरेको छ भने अर्को एक बैंकले  आफ्ना  कर्मचारीको लागि दुधको चिया, कफी खान पनि बन्देज लगाएको छ । 

यो पनि  :

अर्बपति बिनोद चौधरीको बैंकले दियो घर भाडा छुट माग्न निर्देशन


खर्च कटौतीमा जुटे बैंकहरु, दुध चिया बन्देजदेखि प्रिन्ट नगर्नसम्मको उर्दी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved