बैंक अफ काठमाण्डूद्वारा बीमा दाबी रकम भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2020 | 03:42:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  ले बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकको विराटनगर शाखाले बिओके प्रिमियम तलब खाता अन्तर्गतको बीमा दाबी रकम खातावालाको परिवारलाई हस्तान्तरण गरेको हो । 

उक्त शाखाका खातावाहक अमिर चौधरीको दुर्घटनामा परी निधन भएकोले बैंकले बीमा सेवा प्रदायक सिद्धार्थ इन्सुरेन्ससंग समन्वयमा मृतकका परिवारलाई सात लाख रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ । बैंक प्रदेश १ का प्रादेशिक कार्यालय प्रमुख दिपेन्द्र बुढाथोकीबाट उक्त बीमा दाबी रकम चौधरीका श्रीमती मनिषा चौधरीलाई हस्तान्तरण गरीएको जनाइएको छ । 

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved