एनआईसी एशिया बैंकद्वारा बीमा दावी रकम भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2020 | 01:21:05 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले घातक रोग उपचार बीमा वापतको रकम भुक्तानी गरेको छ । बैंकले चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता खोलेका दुइजनालाई बीमा वापतको रकम भुक्तानी गरेको हो । 

उक्त खाता खोलेका दुइ जनालाई घातक रोग उपचार अन्तर्गत बीमा वापतको रकम १५ लाख प्रतिव्यक्तिका दरले ३० लाख रुपैयाँ भुक्तान गरेको बैंकले जनाएको छ । चमत्कारिक बचत ‘डायमण्ड’ श्रेणीमा खाता खोलेका नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाडौंस्थित बुढानिलकण्ठ निवासी बसन्त राज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरेको बैंकले जनाएको छ । 

श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको छ । 

बैंकका अनुसार सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ ।

बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खातामा ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गरिएको बैंकले जनाएको छ । यस बचत योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत एक लाख (अस्पताल भर्नामा ८० हजार रुपैयाँ र बहिरंग उपचारमा २० हजार रुपैयाँ) सँगै विभिन्न निःशुल्क सुविधाहरू पाउन सकिने जनाइएको छ । 

बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved