सिटिजन्स बैंक र सहयोगी विकास बैंकको एकिकृत कारोबार असार २० बाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2020 | 09:10:25 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  र सहयोगी विकास बैंक Sahayogi Vikas Bank Limited  को एकिकृत कारोबार असार २० गतेबाट हुनेभएको छ ।  सहयोगीलाई गाभेपछि सिटिजन्स बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो । 

प्राप्ति प्रयोजनको लागि सहयोगीको १०० कित्ता शेयरलाई सिटिजन्सको ९१.७५ कित्ता शेयर (१ः०.९१७५) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ । २०७७ जेठ २६ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्सले सहयोगीलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ८७ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ भने ऋण लगानी ७९ अर्ब ६२ करोड रुपैयाँ पुग्ने जनाइएको छ ।

हाल सिटिजन्सको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ पुग्ने बताइएको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०८ हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved