ग्लोबल आईएमई बैंक र सेलपेबीच सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2020 | 01:33:58 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक Global IME Bank Limited  ले आफ्ना ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । 

सम्झौतासंगै ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंक वा त्यहाँबाट ग्लोबल आइएमइको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने जनाइएको छ । कम्पनीका अनुसार ग्राहकहरुले सेलपे भुक्तानीसेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन् ।

सेलपे, सेलकमद्वारा संचालित तथा नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो ।

बैंकले २५७ शाखाहरु र २४९ शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved