सिटिजन्स बैंक इन्टरनेसनल Citizens Bank International Limited र सहयोगी विकास बैंकको एकीकृत कारोबार सुरु भएको छ । सिटिजन्सले सहयोगीलाई प्राप्ति गरेपश्चात आजबाट एकीकृत कारोबार सुरु भएको हो ।
सिटिजन्सले सहयोगीलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ९१ अर्ब ३५ करोड रुपैयाँ र सर्वसाधारणलाई दिएको ऋण लगानी ७९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०९ पुगेको छ । हाल सिटिजन्सको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।
कार्यक्रममा बोल्दै सिटिजन्सका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले यस प्राप्ति पश्चात बैंकको आन्तरिक वित्तीय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने बताए । त्यसै गरी सहयोगीका सञ्चालक समितिका अध्यक्ष उदय कान्त झा “जीवन” ले सहयोगीका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्समा अझ झन् सुरक्षित र उज्वल हुने कुरा व्यक्त गरे ।
२०६४ बैशाख ७ गते देखि वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्सले यस अगावै नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त संस्था पिपल्स फाइनान्स, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स र प्रिमियर फाइनान्सलाई प्राप्ति गरिसकेको छ ।