बैंक अफ काठमाण्डूद्वारा बीमा दावी रकम भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 04:07:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  ले ग्राहकको बीमा दावी रकम भुक्तनी गरेको छ । बैंकले बिओके सफलता मुद्दती खाता अन्तर्गतको खाता खोलेका ग्राहकको बीमा दावी रकम ११ लाख रुपैयाँ भुक्तानी गरेको हो । 

बैंकले उक्त खातावाहक ग्राहक शुभद्रा श्रेष्ठलाई उपचारर्थ उक्त बीमा दावीरकम भुक्तनी गरेको जनाएको छ । श्रेष्ठले औषधी उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी पाएकी हुन् । बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा उपलब्ध गराउँदै आएको जनाएको छ । 

बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । बैंकले बीमा सुबिधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि पाँच लाख, १८ घातक रोगहरुको लागि पाँच लाख तथा औषधी उपचारको लागि एक लाख रुपैयाँको व्यवस्था गर्दै आएको छ । 

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत सेवा दिदै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved