कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम चोर्ने थप एक जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 04:53:22 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकको सिस्टममा अनाधिकृत पहुँच राखी पैसा चोर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ  । प्रहरीले रुबीभ्याली गाउँपालिका -२ धादिङ घर भई हाल तारकेश्वर नगरपालिका ५ बस्ने ३६ बर्षीय सौजन तामाङलाई पक्राउ गरेको हो ।

महानगरिय अपराध महाशाखा टेकुले उनलाई शनिवार बेलुका जावलाखेलबाट पक्राउ गरेको हो । अपराधिक समुहका ब्यक्तिहरुले संगठित रुपमा बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पु-याउने कार्यमा संलग्न रही फरार रहेका व्यक्तिहरुलाई खोज्ने क्रममा उनी पक्राउ परेका हुन्  । उनलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि काठमाण्डौ जिल्ला अदालतमा पठाईएको छ ।

प्रहरीले यस अघि यसै प्रकरणमा ३ जनालाई पक्राउ गरिसकेको छ । एक व्यक्तिको खाताबाट अर्को व्यक्तिको खातामा पैसा रकमान्तर गर्दा उनीहरुले  बैंकको वित्तिय प्रणालीमा अनाधिकृत पहुँच राखि  ४ करोड ८८ लाख ४६ हजार बढी रकम लिएर बैंकलाई हानी नोक्सानी पुर्याएका थिए ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved