एनएमबिद्वारा कञ्चनलाई प्राप्ति गर्ने प्रस्ताव परित, कति पुग्छ चुक्ता पुँजी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 05:02:17 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited  ले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको आइतबार भएको विशेष साधारण सभाले कञ्चनलाई प्राप्ति गर्ने प्रस्ताव परित गरेको हो । 

एनएमबिले कञ्चनलाई  १ः८५ को स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । अर्थात कञ्चनको १०० कित्ता शेयर हुनेले एनएमबिको ८५ कित्ता शेयर पाउने छन् । कञ्चनलाई प्राप्ति गरे पश्चात बैंकको चुक्ता पुँजी १४ अर्ब ४५ करोड पुग्नेछ भने रिजर्भ ७ आर्ब ५ करोड रुपैयाँ पुग्ने छ ।  साथै, शाखा कार्यालयहरुको संख्या १८४ तथा एक्टेन्सन काउन्टरहरुको संख्या ८. पुग्नेछ । बैंकको सुदुर पश्चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्ने बैंकले जनाएको छ । 

कञ्चनको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबिको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपेको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved