गण्डकीलाई प्राप्ति पश्चात मेगा बैंकको एकिकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 06:59:27 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल Mega Bank Nepal Limited  ले गण्डकी विकास सैंकलाई प्राप्ति पश्चात आजबाट संयुक्त कारोबार सुरु गरेको छ । आइतबार पोखरामा आयोजित औपचारिक कार्यक्रममा बैंकले एकिकृत कारोबार सुरु भएको घोषणा गरेको हो ।

कार्यक्रममा मेगा सञ्चालकका अध्यक्ष भोजबहादुर शाहले गण्डकीलाई प्राप्ति गरी संयुक्त कारोबार गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए । पोखरामा केन्द्रीय कार्यालय रहेको र ९५ वटा शाखा कार्यालय रहेको गण्डकी मेगा परिवारमा समाहित भएको घोषणा गर्दै उनले पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भई मेगा देशकै ठूलो मध्येको एक “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित भएको बताए । अध्यक्ष शाहका अनुसार मेगा र गण्डकीको शेयर आदान प्रदान अनुपात १ः१ रहेको छ । त्यस्तै कार्यक्रममा बोल्दै गण्डकीका सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले मेगामा समाहित हुन पाउँदा आफूहरु अत्यन्तै हर्षित भएको बताए । 

कार्यक्रममा मेगाकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले गण्डकी प्रदेशका ११ वटै जिल्लामा शाखा कार्यालय विस्तार भएको गण्डकी विकासलाई प्राप्ति गरेपछि गण्डकी प्रदेशमा मात्रै मेगाको शाखा सञ्जाल ४८ वटा भएको बताइन् । उनका अनुसार अनुसार देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा निक्षेपका आधारमा ११औं स्थान, कर्जाका आधारमा १२ औं र मुनाफाका आधारमा ११औं स्थानमा रहेको छ । यसैगरी, मेगा बैंकको कर्मचारी संख्या पनि १२ सयबाट १८ सय पुगेको छ । 

९५ वटा शाखा सञ्जाल रहेको गण्डकीको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको थियो । २०७७ चैत्र मसान्तको एकीकृत तथ्याङ्कका आधारमा मेगाको निक्षेप १ खर्ब २५ अर्ब भन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी रहेको छ । ‘बैंक अफ दि एयर २०१९’ पुरस्कारबाट समेत सम्मानित भएको मेगाको अब शाखा संख्या २ सय ६ वटा, एक्सटेन्सन काउन्टर ३० वटा र एटीएम १ सय ४२ वटा भएको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved