नेपाल बैंकका प्रबन्धक बिरुद्द भ्रष्ट्राचार मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 10:42:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकका डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइराला बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको छ  । अख्तियार आज उनी बिरुद्द ५४ लाख ८४ हजार बिगो माग गर्दै विशेष अदालतले काठमाडौंमा मुद्दा दायर गरेको हो  ।

उनी बिरुद्द बैंकको सिस्टम ह्रयाक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका उजुरी परेको थियो । यसमा अनुसन्धान गर्दा आयोगले उनले भ्रष्ट्रचार गरेको देखिएको जनाएको हो ।

उनले डिल्लीबजार शाखामा कार्यरत रहँदा बैंकले प्रयोग गर्ने बैकिङ्ग सिष्टमअन्तर्गत प्रयोग गर्ने गरी व्यक्तिगत रुपमा प्रदान गरेको, अरु कसैले प्रयोग गर्न नमिल्ने र अरुलाईसमेत प्रयोग गर्न दिन नमिल्ने व्यक्तिगत टेलर आई.डी. र System Super User बिद्युतीय माध्यमको दुरुपयोग गरी हानिनोक्सानी पुर्‍याएको आयोगले जनाएको छ । 

त्यस्तै उनले ५४ लाख ८४ हजार बैंकबाट आफ्नो विभिन्न खातामा जम्मा गरेकोले सोहि बराबरको बिगो माग गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved