ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदुरपश्चिम प्रदेश सरकारलाई नगद रु. २० लाख सहयोग गरेको छ । बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
सहयोगपछि मुख्यमन्त्री भट्टले कोराना रोकथामका लागी निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए । यस सहयोगबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।