ग्लोबल आइएमई बैंकद्वारा प्रदेश २ लाई १० लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2020 | 06:10:54 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. २ सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार बैंकको प्रदेश २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले कोरोना भाईरस विरुद्धको अभियानमा बैंकले गरेको सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाइ धन्यबाद दिएका छन् । बैंकले आगामी दिनहरुमा पनि यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने जानकारी दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved