बैंकहरुलाई लाभांश वितरणमा बन्देज लाग्ला ? यसो भन्छन् गभर्नर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2020 | 02:23:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले कसैलाई पनि अप्ठेरो नपर्ने गरी बैंक तथा वित्तीय संस्थाको लाभांश वितरण बारे निर्णय लिईने जनाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै पक्षले दिएको सुझावको आधारमा कसैलाई पनि अप्ठेरो नपर्ने गरी लाभांश वितरणको नीति लिईने बताएका हुन् । 

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा भएको मौद्रिक नीतिबारेको छलफलमा गभर्नर अधिकारीले कोरोना भाइरसपछि सिर्जित अवस्थामा लाभांश वितरणबारे विश्वका विभिन्न देशले फरक फरक नीति लिएको बताए । भारतले लाभांश वितरण रोकेको तर हंगकंग लगायतका स्थानमा  कुनै बन्देज नलगाईएको उनले बताए । 

नेपालको हकमा राष्ट्र बैंकले गहन छलफल गरिरहेको र कसैलाई पनि अप्ठेरो नपर्ने गरी यसबारे निर्णय लिईने गभर्नर अधिकारीले बताए ।   उनले भने 'बैंकलाई पनि , सरकारलाई पनि र लगानीकर्तालाई पनि अप्ठेरो नपर्ने गर्ने गरि राष्ट्र बैंकले निर्णय लिन्छ' । यसबारे राष्ट्र बैंकको बोर्डमा थप छलफल गरेर निर्णयमा पुगिने उनले बताएका हुन् । छलफलको क्रममा पुर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले लाभांश वितरण बारेको जिज्ञासा राखेका थिए  । 

नेपाल राष्ट्र बैंकका अनुसार साउन पहिलो हप्तामा मौद्रिक नीति आउने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved