मर्जरलाई थप गति दिने गरी मौद्रिक नीति आउदै, यस्ता छन् ९ प्राथमिकता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2020 | 03:15:59 PM मा प्रकाशित

laxmi  sunrise bank
नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका प्राथमिकता सार्वजनिक गरेको छ। सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा राष्ट्र बैंकआ गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिका ९ प्राथमिकता सार्वजनिक गरेका हुन् । 

प्राथमिकता पेश गर्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तिलाई थप गति दिइने जनाएका छन्  । उनले वित्तीय मध्यस्थता लागत कम गर्न वित्तीय सुदृढीकरणका उपायहरुको रुपमा अबलम्बन गरिएको मर्जर तथा प्राप्तिलाई थप गति दिइने बताएका हुन् ।

यस्ता छन् गभर्नर अधिकारीले पेश गरेका मौद्रिक नीतिका प्राथमिकता:

१. मौद्रिक नीति तर्जुमा गर्दा नेपाल सरकारको पन्ध्रौ योजना, वित्तीय क्षेत्र विकास रणनीति,  आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट, बैंकको तेस्रो रणनीतिक योजनासँग सामन्जस्यता कायम राखिने छ ।

२. अन्तर्राष्ट्रिय तथा आन्तरिक अर्थतन्त्रको विद्यमान अवस्था एवं परिदृश्यलाई आधार मानी मौद्रिक नीति तर्जुमा गरिनेछ ।

३. कोभिड–१९ संकटले सिर्जना गरेको अनिश्चितताका बीच यस वर्ष मौद्रिक नीति तर्जुमा भइरहेको छ । यस संकटमा प्रभावित क्षेत्रहरुलाई प्राथमिकताका आधारमा सहुलियत प्रदान गरी बचाइ राख्ने साथै शीघ्र आर्थिक पुनरुत्थानका लागि वित्तीय साधनको उपलब्धता बढाउने दिशामा मौद्रिक नीति केन्द्रित रहनेछ ।

४. मौद्रिक नीतिले नेपाल सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी मौद्रिक तथा कर्जा व्यवस्थापन गर्ने छ ।

५. मौद्रिक नीतिले आन्तरिक उत्पादन तथा रोजगारी प्रवद्र्धन हुने र उद्यमशीलता विकास हुने क्षेत्रमा वित्तीय स्रोत केन्द्रित गर्न जोड दिनेछ ।

६. मूल्य तथा वाह्य क्षेत्र स्थायित्वमा जोखिम नआउने गरी वित्तीय सहजीकरण गर्ने दिशामा समष्टिगत विवेकशील नियमनका उपायहरु अपनाउनु पर्ने अवस्था छ ।

७. वित्तीय मध्यस्थता लागत कम गर्न वित्तीय सुदृढीकरणका उपायहरुको रुपमा अवलम्बन गरिँदै आएको मर्जर तथा प्राप्तिलाई थप गति दिनुपर्ने अवस्था छ।

८. डिजिटाइजेसनमार्फत नगदमा हुने कारोबार न्यूनीकरण गर्नु मौद्रिक नीतिको प्राथमिकता रहनेछ ।

९. कोभिड–१९ बाट अधिकांश क्षेत्रहरु प्रभावित भएको विद्यमान परिवेशमा मौद्रिक नीति प्रति अपेक्षा बढेको छ । यस पृष्ठभूमिमा केन्द्रीय बैंक मूल्य,  वाह्य क्षेत्र तथा वित्तीय स्थायित्व कायम रहने गरी अर्थतन्त्र चलायमान बनाउने दिशामा अघि बढ्ने गरी मौद्रिक नीति तर्जुमा गर्दैछ ।

यो पनि : 

बैंकहरुलाई लाभांश वितरणमा बन्देज लाग्ला ? यसो भन्छन् गभर्नर

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved