सानिमा बैंकको अगुवाइमा सिजि सिमेन्टमा ९ अर्ब लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 03:19:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  को अगुवाईमा सिजि सिमेन्टलाई क्लिङ्कराइजेसन प्लान्टको क्षमता विस्तारका लागि दुई अर्ब ३७ करोड ८० लाख लगानी थप भएको छ । सानिमाको अगुवाइ तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा थप आठवटा बैंक समेतको सहभागितामा प्लान्टको क्षमता १९५० बाट २९५० टीपीडी पुर्याउन उक्त लगानी थप गरीएको हो ।

सानिमाको अगुवाई र इन्फ्रास्ट्रक्चरको सह–अगुवाईमा ग्लोबल आईएमई, कुमारी, सनराइज, प्रभु, नेपाल, सेञ्चुरी, नेपालक्रेडिट एण्ड कमर्स र नेपाल एसबिआई बैंकसमेतको सहभागितामा उक्त रकम थप गर्न लागिएको जनाइएको छ । थप गरेपश्चातको रकम नौ अर्ब छ करोड ३० रुपैयाँ पुग्ने जनाइएको छ ।

सम्झौतामा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाण कुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृतसरोज गुरागाईले सम्झौतामा हस्ताक्षर गरेका थिए ।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved