पुनर्कर्जा लिने ग्राहकको नामावली पहिलोपटक सार्वजनिक, १३२ व्यवसायीले पाए सस्तोमा ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 05:56:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले पुनर्कर्जा प्राप्त गर्ने बैंक वित्तीय संस्था र ग्राहक ऋणीहरुको नामावली सार्वजनिक गरेको छ। पहुँच हुने ठुला व्यवसायी तथा ब्यापारीले मात्र पुनर्कर्जा पाएको भन्ने आलोचना बढेपछि राष्ट्र बैंकले पहिलो पटक यस्तो सुची सार्वजनिक गरेको हो। 

राष्ट्र बैंक भित्रै पनि पुनर्कर्जा पाउनेहरुको नामावली सार्वजनिक गरिनुपर्ने दबाब बढेपछि राष्ट्र बैंकले पहिलो पटक यस्तो नामावली सार्वजनिक गरेको हो। यसअघि बिजपाटी डटकम लगायतका बिभिन्न संचार माध्यम तथा संस्थाहरुले पनि पुनर्कर्जा सुविधा लिनेहरुको नामावली माग गर्दै आएका थिए।   

राष्ट्र बैंकले सार्वजनिक गरेको सुचीअनुसार १३२ वटा व्यवसायिक फर्मले पुनर्कर्जा प्राप्त गरेका छन् भने १० वटा संस्थाले निर्यात पुनर्कर्जा पाएका छन्।  महँगो ब्याज तिर्न नसक्ने बर्गले यस्तो सुविधा पाउनुपर्ने भएपनि ठुला तथा  महँगो ब्याज तिर्न सक्ने व्यवसायिक फर्मले यस्तो सुविधा लिंदै आएको  राष्ट्र बैंकले जारि गरेको सुचीमा देखिन्छ। 

यो पनि: ३ प्रतिशतमै ऋण पाउनेगरि पुनर्कर्जा कार्यविधि, कहिलेदेखि लागू हुन्छ यो व्यवस्था ?

पुनर्कर्जा भनेको नेपाल राष्ट्र बैंकले दिने सहुलियतपूर्ण कर्जा हो। पुनर्कर्जा कोष विगत ४ बर्षमा ठूलो परिमाणमा विस्तार भएको छ । २०७२ असारमा यो कोष ५ अर्व ७४ करोडको मात्र थियो । राष्ट्र बैंकले बैंकहरुलाई प्रदान गरेको पुनर्कर्जा रकम पनि २०७२ असारमा  ३ अर्व २६ करोडमात्र थियो । २०७५ फागुनमा यो रकम २४ अर्व ५५ करोड पुगेको छ । सामान्यतया पुनर्कर्जाको सुविधा कृषि, पर्यटन, उर्जा लगायतका निर्यातजन्य उद्यम तथा व्यवसायको लागि दिईने गरिन्छ। 

नेपाल राष्ट्र बैंकले उपलब्ध गराउदै आएको पुनर्कर्जालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उदेश्यले नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ बनाएको छ। महँगो ब्याज तिर्न नसक्ने बर्गसम्मले सस्तो दरमा ब्याज पाउन भन्ने उदेश्यले नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ बनाइएको राष्ट्र बैंकले जनाएको छ। 

प्रस्तावित नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ राष्ट्र बैंकबाट स्वीकृत भएपछि लागू हुनेछ। उक्त कार्यविधि मौद्रिक नीति  मार्फत स्वीकृत भई लागू हुन् सक्ने अनुमान गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved