एनआईसी एशियाको भौचर अनलाइनबाटै भर्न सकिने, लाइन नबसी पैसा डिपोजिट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 01:13:18 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले नेपालको बैंकिङ क्षेत्र मै पहिलो पटक अनलाईनबाटै नगद भौचर भर्न सकिने सुविधा ल्याएको छ । बैंकले बैंकमा नगद जम्मा गर्नु अगाडी भर्नु पर्ने भौचर अनलाईनबाटै भर्न सकिने सव को सुरुवात गरेको हो  । 

यसको लागि बैंकले छुट्टै वेबसाइट तयार गरेको छ ।  उक्त वेबसाइट मार्फत  ग्राहकले भौतिक फारमकै ढाँचाको डिजिटल भौचर भर्न सक्ने र उक्त भौचरमा आफुलाई पायक पर्ने शाखा छनौट गर्नु पर्ने बैंकले जनाएको छ । डिजिटल भौचर भरेपछि बैंकले एसएमएस मार्फत डिपोजिट कोड दिने र उक्त कोड बैंकको काउन्टरमा रहेका कर्मचारीलाई जानकारी दिनु पर्ने बैंकले जनाएको छ । त्यसपछि ग्राहकले बैंकमा लाइन नबसी  आफुले जम्मा गर्नु पर्ने नगद दिई  पैसा जम्मा गरेर भौचर लिन सकिने बैंकले जनाएको छ । 

 नगद जम्मा गर्ने सेवाको अलावा बैंकले मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, एबीबीएस सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत अनलाईनबाटै गर्न सकिने बैंकले जनाएको छ । उक्त सुविधामा कुनै शुल्क नलाग्ने समेत बैंकले जनाएको छ । 

 बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखामार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved