प्रभु बैंकको डेपुटी सीईओमा पोखरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2020 | 03:54:34 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  को डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मणिराम पोखरेल नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले साउन १ देखि लागु गरि पोखरेललाई डेपुटी सीइओमा नियुक्त गरेको हो ।

पोखरेल सन् २०१३ देखि नै बैंकमा छन् ।  पोखरेलसँग ३० वर्षको बैंकिङ अनुभव छ । सन् १९९०  बाट नबिल बैंकबाट करियर सुरु गरेका उनले नेपाल एसबिआई बैंक, एनसीसी बैंक, स्ट्याण्डर्ड फाइनान्स, हिमचुली विकास बैंक, एचबि डेभलपमेन्ट बैंकमा उच्च तहमा रहेर काम गरेका छन् ।  

प्रभुमा सम्वृद्धि विकास बैंक गाभिंदा उनी प्रभु बैंक प्रवेश गरेका हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ्गमा स्नाकोत्तर  गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved