सिटिजन्स बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 04:34:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  ले बाल विकास समाजलाई आर्थिक सहयोग गरेको छ । बैंकले करिव २८ वर्ष देखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकाश गर्ने उदेश्यका साथ स्थापित समाजलाई डेढ लाख सहयोग प्रदान गरेको हो ।  उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने समाजले जनाएको छ  ।

बिगत ९ वर्षदेखि बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुरुप सामाजिक रूपान्तरणका लागि कार्य गर्ने बाल विकास समाजलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनहरुमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक  आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकले जनाएको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा  बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु ७ लाखका दरले रु ४९ लाख तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव रु ६ लाख  तथा विभिन्न संघ संस्थालाई रु ६ लाख  गरि हालसम्म कुल रु ६१ लाखको सहयोग गरिसकेको छ ।

बैंकले १०९ शाखा, ९८ ए.टि.एम. र १०४ शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ।                           


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved