ग्लोबल आइएमई बैंकले 'सिंगल डिजिट' मै गाडी, घर र शेयर कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2020 | 06:32:03 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ  । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिने इच्छुक ग्राहकलाई लक्षित गरी बैंकले उक्त योजना ल्याएको हो ।

बैंकका अनुसार ग्लोबल घर कर्जा अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८.७५ प्रतिशत व्याजदरमा घरजग्गाकर्जा लिन पाउने छन् भने यस कर्जाको व्याजदर १ वर्षसम्म स्थिर रहनेछ । यसैगरी बैंकले ८.९९ प्रतिशतमा गाडीकर्जा र ९.४९ प्रतिशतमा सेयरको धितो कर्जा प्रवाह गर्ने जनाएको छ ।

उक्त योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट, क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट र लकर सुविधामा ५० प्रतिशत छुट प्रदान गरीने बैंकले जानकारी दिएको छ । बैंकले कोरोनाले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै यी कर्जाहरु प्रवाह गर्न लागेको जनाएको छ । 

कर्जा लिन चाहने ग्राहकले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले नेपालभरी फैलिएका बैंकका सम्पूर्ण शाखाहरुबाट उक्त सुविधा उपभोग गर्न सकिने जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved