सानिमा बैंकद्वारा गुणस्तरीय शिक्षाका लागि १० लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2020 | 02:54:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा Sanima Bank Limited ले टिच फर नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले विगतमा प्रदानगर्दै आएको सहयोगलाई निरन्तरता दिँदै यस वर्षपनि १० लाख रुपैयाँ सहयोग गरेको हो ।

 बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र टिच फर नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले सहयोग सम्झौतामा हस्ताक्षर गरेका हुन्  । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त सहयोग प्रदान गरेकोजनाएको छ ।

नेपालका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानगर्ने उद्देश्यका साथ टिच फर नेपाले विगत ७ वर्षदेखि यस क्षेत्रमा कार्यरत रहेको छ । टिच फर नेपालको तर्फबाट हाल १३८ जना शिक्षकहरु विभिन्न ७ जिल्लाका ६४ सामुदायिक विद्यालयहरुमा कार्यरत रहेका छन् । १० हजारभन्दा बढी विद्यार्थीहरुमा यो संस्थाबाट प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

बैंकले देशका सातवटै प्रदेशमा ७९ वटा शाखा, ९ एक्सटेन्सन काउन्टर र ८१ वटा एटिएम मार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved