मेगा बैंकले ल्यायो किसान कार्डसहितको ‘स्मार्ट कृषि’ योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2020 | 05:48:23 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited  ले व्यावसायिक किसानहरुका लगि बैंकिङ अफर ल्याएको छ । बैंकले ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ योजना ल्याएको हो । 

किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्न यो सेवा ल्याएको बैंकले जनाएको छ । बैंकका अनुसार मेगा किसान कार्डमार्फत किसानहरुले मल, बिउ विजनलगायत सामानहरु तोकिएका सेवा केन्द्रबाट खरिद गर्न सक्नेछन् । उक्त कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने बैंकको विश्वास छ । 

व्यावसायिक कृषि तथा पशु पालन र महिला उद्यमीलाई प्राथमिकता दिएर कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै कृषि उत्पादन बढाउने उदेश्यले बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनबीच सम्झौता भइसकेको मेगा बैंकले जनाएको छ । यसले किसानहरुलाई अनुदान तथा ऋण लिन समेत थप सहज हुने बैंकको विश्वास छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved