हिमालयन बैंकले ८.४९ प्रतिशत मै ६ प्रकारका कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2020 | 12:12:50 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited  ले विभिन्न कार्जा योजना ल्याएको छ । बैंकले ८.४९ प्रतिशतमा ब्याज दरमा छ प्रकारका कर्जा योजना ल्याएको छ  भने ९.८ प्रतिशत ब्याज दरमा पाँच प्रकारका कर्जा योजना सार्वजनिक गरेको छ । 

बैंकले सार्वजनिक गरेका ८.४९ प्रतिशत ब्याज दरको कर्जा योजनामा एसएमइ कर्जा, घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जाहरु रहेको जानकारी दिएको छ  । त्यसै गरी, ९.८९ प्रतिशत ब्याजको कर्जा योजनामा शेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, ब्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र ब्यक्तिगत कर्जा रहेका छन् । त्यस्तै बंैकले १०.३९ प्रतिशत  ब्याज दरमा व्यवसायिक सवारी साधन कर्जा पनि ल्याएको जानकारी दिएको छ । 

बैंकका अनुसार दश वर्षको अबधि सम्मका लागि पाइने एसएमइ कर्जा ग्राहकहरुले न्युनतम पाँच लाख देखि छ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ । ग्राहकहरुले घर निर्माण वा घर–जग्गा खरिदका लागि उक्त कर्जा उपयोग गर्न सक्नेछन् । त्यस्तै शैक्षिक कर्जा योजना स्वदेश वा विदेशमा पढ्न चाहने विद्यार्थीहरुका लागि निकै उपयोगी हुने बंैकले विश्वास लिएको छ । 

विशेष आर्कषणको रुपमा उपरोक्त बिशेष सहज, सरल कर्जा योजनामा लागु हुने व्याज दरको प्रिमियम न्युनतम एक वर्षको लागि स्थिर रहने व्यवस्था गरेको छ बैंकले जानकारी दिएको छ । बैंकका अनुसार उक्त सम्पुर्ण कर्जाहरुको सेवा शुल्क पनि हालसम्मको न्युन रहने छ र यी कर्जाका ग्राहकहरुले क्रेडिट कार्डको सुबिधा पनि एक वर्ष निःशुल्क पाउनु हुनेछ ।

ग्राहकहरुले यस बैंकको कुनै पनि शाखा कार्यालयहरु मार्फत उक्त कर्जा सुबिधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकले देशभरिका ६८ शाखा कार्यलयहरुबाट सेवा दिदै आइरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved