सनराइजका संचालकलाई राष्ट्र बैंकको चेतावनी: मिलेर आउनुहोस् नत्र हस्तक्षेप गर्छौं

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2020 | 10:08:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विवाद मिलाएर अगाडी नबढे बैंकमा हस्तक्षेप गर्ने सनराइज बैंकका संचालकहरुलाई चेतावनी दिएको छ। सीईओलाई  लिएर संचालकहरुबीच भएको  विवाद सार्वजनिक भएपछि उनीहरुलाई आज आइतबार डाकेर राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो। 

बैंकका अध्यक्ष र संचालकहरुलाई विवाद मिलाएर आउँनलाई निर्देशन दिईएको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ। संचालकहरुविच विवाद बढ्दा बैंकप्रति सर्वसाधारणको बिश्वास घट्दै जाने र बैंक भित्र पनि समस्या बढ्दै जाने भएकाले तत्कालै समस्या समधान गरेर अगाडी बढ्नलाई निर्देशन दिईएको राष्ट्र बैंक स्रोतले जनाएको छ। 

सीईओको राजिनामा समाधान नभएकाले संचालकहरुलाई मिलेर आउँनलाई निर्देशन भएको छ, मिलेर नआए अहिलेको संचालक समिति बर्खास्त गरे राष्ट्र बैंकले हस्तक्षेप गर्छ भनेका छौं नियमन बिभागका एक अधिकारिले बिजपाटीलाई बताए। 

संचालकहरुको विवादकै कारण बर्षदिनमा ३-३ सीईओ फेर्नुपर्ने अवस्था आएको स्मरण गराउदै अब पनि मिलेर अगाडी नबढे राष्ट्र बैकंले हस्तक्षेप गर्ने चेतावनी दिएको स्रोतको भनाई छ। 

बैंकमा अध्यक्ष मोतीलाल दुगड, सञ्चालकद्वय शारदा शर्मा पुडासैनी र दीपक नेपाल सीईओ शर्मालाई नै निरन्तरता दिने पक्षमा देखिएका छन् भने संचालक मालचन्द दुगड, शैलेन्द्र गुरागाईं र बच्चाराज टातेर शर्मालाई हटाउनुपर्ने पक्षमा देखिएका छन्। 

आफैले ल्याएको भएपनि अध्यक्ष मोतिलाल दुगडको कुरा बढी सुनेको भन्दै  मालचन्द दुगड र उनलाई साथ दिएका अर्का संचालक शैलेन्द्र गुरागाईं सीईओ शर्मालाई हटाउने पक्षमा देखिएका हुन्। बिगतमा सीइओ हटाउनुपर्ने पक्षमा उभिएका विज्ञ सञ्चालक ओमकृष्ण जोशी अहिले भने तटस्थ देखिएका स्रोतको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved