एनआईसी एशियाले ल्यायो डिजिटल खाता, औंठाछाप र हस्ताक्षर पनि डिजिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2020 | 12:13:13 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  मा डिजिटल खाता खोल्न सकिने भएको छ । ग्राहकले बैंकको कार्यालयमा नै पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने प्रणालीको सुरुवात बैंकले गरेको हो ।

बैंकका अनुसार ग्राहकले डिजिटल प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नको लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता खोल्न सक्नेछन् । उक्त प्रणालीमा सेवाग्राहीहरूले चमत्कारिक सुविधाहरूले भरिपूर्ण ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरूमध्ये आफुले इच्छाएको खाता छनौट गरी आफ्नो खाता डिजिटल रुपमा खोल्न सक्ने बैंकले जनाएको छ । 

कम्प्युटरमा दक्षता नपुगेका ग्राहकको निम्ति बैंककै कर्मचारीहरूको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिने समेत व्यवस्था गरेको बैंकले जानकारी दिएको छ । जसका लागि बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमा छुट्टै डिजिटल लबीको समेत व्यवस्था गरेको जनाएको छ ।

उक्त प्रणलीमार्फत खाता खोल्दा ग्राहकलाई लामो फारम भर्ने तथा आफ्नो पालो कुरेर बस्ने झन्झटबाट मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।

बैंकले यसअघि घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको यस बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाईन प्रणालीको शुभारम्भ गरिसकेको छ । 

बैंकल मुलुकभर ३२६ शाखा, ४६५ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved