एनआईसी एशिया बैंकले ८.२५ प्रतिशतमा ३ प्रकारका कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2020 | 01:15:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले चमत्कारी कर्जा योजना ल्याएको छ । बैंकले ८.२५ प्रतिशत वार्षिक ब्याजदरमा घर, सवारी र व्यवसाय कर्जा योजना ल्याएको हो । 

बैंकका अनुसार उक्त कर्जा लिदा प्रसाशनिक शुल्क ०.२५ लाग्नेछ । कर्जा लिने ग्राहककालागि पहिलो बर्ष कर्जाको ब्याजदर परिवर्तन नहुने बैंकले जनाएको छ । त्यस्तै दोस्रो बर्ष पश्चात बैंकको आधार दरका प्रिमियम थप्दा हुन आउने ब्याजदर ८.२५ प्रतिशत भए सोही कायम रहने नत्र आधार दरमानै कर्जाको ब्याजदर रहने बैंकले जनाएको छ ।

त्यस्तै बैंकले कर्जाको निर्णय गर्ने समय ४८ घण्टा रहने जनाएको छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा स्वाप गर्न सकिने सुविधा समेत रहेको बैंकले जानकारी दिएको छ । 

यस्तै घर कर्जा अन्तर्गत बैंकले धितो मूल्याङ्कनको ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकल मुलुकभर ३२६ शाखा, ४६५ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved