मेगा बैंकले ८.३२ प्रतिशत ब्याजदरमै कर्जा दिने, दुई दिनमै ऋण स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2020 | 05:12:30 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल Mega Bank Nepal Limited  ले साना तथा मझौला कर्जा योजना ल्याएको छ । बैंकले दशौं बार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ८.३२ प्रतिशत ब्याजदरमै कर्जा दिने गरी नयाँ योजना ल्याएको हो । 

यस योजना अन्तर्गत साना तथा मझौला व्यवसायका लागि वार्षीक ८.३२  प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको हो। बैककाअनुसार  उक्त ब्याजदर एक बर्षसम्म बढ्नेछैन भने आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुनेछ। 

बैंकका देशभरका २०६ शाखाबाट यो सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।। कोरोनाबाट प्रभावित पुराना व्यवसाय तथा नयाँ व्यवसाय सञ्चालनका लागिे कर्जा योजनाले लाभ मिल्ने विश्वास बैंकले लिएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved