सानिमा बैंकको डिजिटल काउन्टर संचालनमा, चेक बिना नै भुक्तानी प्राप्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2020 | 05:39:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  ले डिजिटल काउन्टर संचालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै उक्त प्रविधि युक्त सेवा संचालनमा ल्याएको हो । 

बैंकले ल्याएको डिजिटल काउन्टर १३ गते देखि सञ्चालन हुने जानकारी दिएको छ । बैंकका अनुसार डिजिटल काउन्टर मार्फत ग्राहकहरुले चेक बिना नै भुक्तानी प्राप्त गर्न सक्ने छन् । उक्त सोवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप ‘सानिमा सजिलो ई बैंकिङ्ग’बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्वीआर कोड स्क्यान गरी भुक्तानी प्राप्तगर्न सकिने बैंकले जनाएको छ ।

ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रियाबिना सिधै डिजिटल काउन्टरमा रहेको क्वीआर कोड स्क्यान गरी रकम निकाल्न सकिने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार उक्त सेवा छिटो, छरितो र सरल रहेको छ ।

हाल उक्त सोवा बैंकको प्रधानकार्यालय नक्सालबाट सुरु गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved