नबिल बैंकले ल्यायो एटिएम र चेक बिना नै रकम झिक्न सकिने प्रविधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2020 | 10:05:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले एटिएम र चेक बिना नै आफ्नो खाताको रकम झिक्न सकिने प्रविधिको विकास गरेको छ । बैंकले  ‘स्क्यान एन्ड वीड्र’ नामबाट यस्तो सुविधा सुरु गरेको हो   ।

जस अनुसार ग्राहकहरुले चेकको प्रयोग  नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाख सम्मको रकम झिक्न सक्ने सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार हाल हाल यो सेवा काठमाडौं उपत्यकाका शाखामा मात्र उपलब्ध रहे पनि चाँडै देशभर सेवा पुर्याईने छ । सेवा सुरुवात गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले चेक÷एटिएम कार्ड बोक्न बिर्सिए पनि आफ्नो मोबाइल बैंकिङ्ग ए्पमा लग–ईन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो  खाताबाट रकम झिक्न सक्ने बताए । 

उनका अनुसार ग्राहकले क्यूआर कोड स्क्यान गर्दा स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्ने छन् । यसबाट ग्राहकले सहज र छिटो सेवा  प्राप्त गर्ने अपेक्षा गरिएको सीइओ शाहले बताए ।

 बैंकले ११८ शाखा र १७८ एटिएम काउण्टर मार्फत सेवा दिदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved