यातायात भाडा डिजिटल माध्यमबाट तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2020 | 06:08:02 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited र एन–क्लाउडबीच सम्झौता भएको छ । यातायात जगतमा डिजिटल भुक्तानी प्रवर्धन गर्न उक्त सम्झौता भएको कम्पनीले जनाएको छ ।

समझदारीमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एन–क्लाउडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र नारायणले हस्ताक्षर गरेका हुन् । 

बैंकका अनुसार सम्झौताले सम्पर्क रहित कार्ड र पिओएस टर्मिनलहरूको माध्यमबाट सार्वजनिक यातायातहरूमा डिजिटल भुक्तानी संकलन प्रणाली लागु गर्नेछ ।  परियोजनाको शुरुवात किपु बस सेवासँग हुने बैंकले जानकारी दिएको छ ।

यससंगै यात्रुहरूले बस भाडा कार्डको प्रयोग गरी सम्पर्क रहित भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ । सामाजिक दूरी कायम गर्न मद्दत पुर्याउन यातायात क्षेत्रमा यस परिवेशमा प्रदान गरिएको पहिलो प्रयास भएको बैंकले जनाएको छ । बैंकका अनुसार परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगदबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ ।

बैंकले चाँडै नै अन्य बस समितीसँग समझदारी गरी समानान्तर बस भाडा संकलन प्रणालीको लागी अन्य बस अपरेटरहरूसँग पनि सहकार्य शुरू गर्ने उद्देश्य लिएको जानकारी दिएको छ । ‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकवर्गलाई विद्युतीय वित्तीय सेवाहरु छनौट गर्न सहयोग पु¥याउने सुरक्षित वातावरण तयार पार्नु हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved