सानिमा बैंक Sanima Bank Limited ले जनै पूर्णिमा विशेष अफर ल्याएको छ ।अफर अन्तर्गत मोबाईल बैंकिङ्ग मार्फत रकम ट्रान्सफर गर्दा ग्राहकले एक हजार रुपैयाँ जित्न सक्ने बैंकले जनाएको छ।
साउन १९ गते अर्थात जनै पूर्णिमाको दिन मात्र लागुहुने सो योजनामा सहभागि हुन रकम ट्रान्सफर गर्दा रिमेकमा जनै पूर्णिमा अनिवार्यरुपमा लेखनुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार रकम ट्रान्सफर गर्नेले मात्र नभई रकम पाउनेले समेत सो योजना अन्तर्गत एक हजार रुपैयाँ जित्न सक्नेछन् ।
योजना अन्तर्गत ४० जनाले एक हजार रुपैयाँ जित्न सक्ने बैंकले जनाएको छ ।