लकडाउनपछि १७.३ प्रतिशतले लिए ब्याज छुट सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 05:19:24 PM मा प्रकाशित

laxmi  sunrise bank

 १७.३ प्रतिशत उद्योग÷व्यवसायहरुले मात्र लकडाउन अवधिको ब्याज छुट सुविधा लिएको पाईएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणले ७१.६ प्रतिशतले सो सुविधा प्राप्त नगरेको तथा ११.१ प्रतिशतले आफूलाई सो सुविधा लागू नहुने जनाएका देखिएको हो।

ब्याज छुट प्राप्त गर्नेमा सबैभन्दा धेरै ३५.१ प्रतिशत कृषि, वन तथा मत्स्यपालन क्षेत्रका र सबैभन्दा कम १०.१ प्रतिशत अन्य क्षेत्रका उद्योग÷व्यवसायहरु रहेको देखिएको छ । सञ्चार क्षेत्रका कुनै पनि उद्योग÷व्यवसायहरुले यो सुविधा प्राप्त नगरेको सर्वेक्षणले देखाएको हो । यद्यपि ब्याज छुटको त्रैमासिक समायोजन असार मसान्तमा मात्रै हुने भएकोले सर्वेक्षण समयताका ब्याज छुटको यथार्थ अवस्था नआएको हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved