एनएमबि बैंक NMB Bank Limited का ग्राहकले सीजीका सामान किस्तामा खरिद गर्न पाउने भएका छन् । बैंक र सीजीबीच बिहीबार भएको सम्झौता संगै ग्राहकले यस्तो सुविधा पाउने भएका छन् ।
सम्झौतामा बैंकका प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र सिजी डिजीटलका प्रमुख–वित्त मुकेश खातोरले हस्ताक्षर गरेका हुन् । बैंक र कम्पनीबीच शुन्य प्रतिशत इएमआइ कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने विषय सहज कार्यान्वयनको लागी समझदारी भएको बैंकले जानकारी दिएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले सिजी डिजीटलको आधिकारीक वितरकबाट १२ महिनासम्मको किस्तामा उपभोग्य वस्तुहरु खरिद गर्न सक्ने छन् । ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
यसका साथै बैंकका ग्राहकले सिजीका विविध उत्पादनहरुमा डेबिट र क्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा १८ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ । बैंकले १६९ शाखा, ५ विस्तारित काउन्टर र १३३ एटीएम मार्फत सेवा दिदै आइरहेको छ ।