बैंकहरुको नाफा २० प्रतिशतसम्मले घट्ने, यी बैंक बढी प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 12:01:16 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक बर्ष सकिएसँगै बाणिज्य बैंकहरुले सार्वजनिक गर्ने वित्तीय विवरण प्रति सबैको चाँसो बढ्ने गर्दछ। त्यसमा पनि बैंकहरुको ब्यालेन्ससिटमा विश्वभर महामारीको रुप लिएको कोरोनाको प्रभाव थाह पाउनलाई उत्सुकता बढेको छ। 

सेयरको दोस्रो बजारमा ठुलो हिस्सा ओगटेकाले पनि बैंकहरुको वित्तीय विवरण सबैको पर्खाईको बिषय बन्ने गर्दछ। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि लकडाउन गरेकाले आर्थिक गतिबिधि सुस्त बनेको छ। अन्य क्षेत्रमा झैं यसको प्रत्यक्ष प्रभाव बैंकिङ क्षेत्रमा पनि परेको छ। 

अर्थतन्त्रका गतिबिधि सुस्त हुँदा त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर बैंकिङ क्षेत्रमा परेकाले र राष्ट्र बैंकको बिभिन्न नियामकीय व्यवस्थाले गत आर्थिक बर्ष बैंकहरुको मुनाफा धेरैले घट्ने विश्लेषण गरिएको छ। 

'प्रतिशत तोकेर भन्दा केहि फरक पर्न सक्ला तर अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष बैंकहरुको नाफा धेरै प्रतिशतले घट्ने देखिन्छ, त्यसमा पनि  प्रोभीजन गर्नुपर्ने लगायतका कारणले पनि वितरणयोग्य मुनाफा कम हुन सक्छ' एक बाणिज्य बैंकका सीईओले भने। 

'प्रतिशत तोकेर भन्दा केहि फरक पर्न सक्ला तर अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष बैंकहरुको नाफा धेरै प्रतिशतले घट्ने देखिन्छ, त्यसमा पनि  प्रोभीजन गर्नुपर्ने लगायतका कारणले पनि वितरणयोग्य मुनाफा कम हुन सक्छ' एक बाणिज्य बैंकका सीईओ 

बैंकहरुले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा बुझाईसकेका छन्। उनीहरुको बुझाएको वित्तीय विवरणलाई आधार मान्दा औषतमा बैंकहरुको नाफा गत बर्षको भन्दा २० प्रतिशतले घटेको छ। 

बैंकहरुले साउन १५ सम्ममा राष्ट्र बैंकमा बुझाएको भन्दा सर्वसाधारणका लागि साउन ३२ अगाडी सार्वजनिक गर्ने प्रतिबेदन केहि फरक हुने तर बार्षिक साधारणसभासम्म विल्कुलै फरक प्रतिबेदन समेत आउँन सक्ने ती सीईओले बताए। 

गत आर्थिक बर्षको सावाँ ब्याज यो आर्थिक बर्षको असोज मसान्तसम्म तिर्न पाइने र त्यसलाई गत आर्थिक बर्षको वित्तीय विवरणमा समावेश गर्न पाइने व्यवस्थाले साधारणसभासम्म आईपुग्दा प्रतिबेदनमा उल्लेख अंक धेरैले फरक हुन सक्ने ती सीईओको दाबी छ। 

कोरोनाका कारण धेरै बैंकहरुको लोन लस प्रोभिजन बढेको, ब्याज कम उठेको, ब्याजदरमा दिईएको छुट, बिभिन्न शुल्कमा कटौती तथा छुट लगायतका कारणले गत आर्थिक बर्ष बैंकहरुको कर पछिको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा औषतमा २० प्रतिशतले घट्ने ती सीईओको भनाई छ। 

आर्थिक बर्ष २०७७५/७६ मा बैंकहरुले उठाउनुपर्ने ब्याज ११ अर्ब रहेकोमा गत आर्थिक बर्ष ५१ अर्ब रहेको अध्ययनले देखाएको छ। अघिल्लो आर्थिक बर्ष असार मसान्तसम्म नउठेको ब्याज रकम ११ अर्ब रहेकोमा गत आर्थिक बर्ष ५१ अर्ब रहेको छ। 

करिब ४० अर्ब नउठेको रकममध्ये केहि रकम उठेपनि धेरै रकम समयमै नउठ्ने भएकाले बैंकहरुले प्रोभिजन गर्दा नाफा प्रभावित हुने देखिन्छ। होटल पर्यटन लगायतका सेवा मुलक क्षेत्रमा पुराना र ठुला बैंकहरुको लगानी धेरै भएकाले पुराना तथा आधार दर कम भएका बैंकहरु नेपाल एसबिआई, नबिल, नेपाल इन्भेष्टमेन्ट, हिमालयन, एभरेष्ट जस्ताको नाफा धेरै प्रभावित हुने अध्ययनले देखाएको छ। पुष मसान्तसम्म तिर्ने अवधि भएकाले धेरैले पुष नै पर्खन सक्ने भएकाले अधिकांश बैंकहरुले ५ प्रतिशत प्रोभिजन गर्नुपर्दा नाफा प्रभावित हुने देखिन्छ। 




 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved