नेपाल बैंकले कमायो २ अर्ब ५५ करोड नाफा, वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 09:55:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७६/७७ मा नेपाल बैंक Nepal Bank Limited  ले २ अर्ब ५५ करोड ६४ लाख खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको नाफामा ४ करोड ३ लाखले मात्र गिरावट आएको हो ।  अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ५९ करोड खुद नाफा कमाएको थियो । 

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २१ करोड रहेको छ। 

बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ६१ करोड रहेको छ भने बैंकको कुल संचालन आम्दानी ६ अर्ब ६० करोड रहेको छ ।  त्यस्तै बैंकको संचालन मुनाफा ३ अर्ब ५६ करोड रहेको छ भने कर अगाडीको नाफा ३ अर्ब ८२ करोड रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा २.५९ प्रतिशत रहेको छ ।  अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको खराब कर्जा २.६४ प्रतिशत थियो । 

त्यस्तै यस अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब २८ करोड रहेको छ भने बैंकको रिजर्भमा १२ अर्ब ९८ करोड रहेको छ ।  बैंकको प्रति शेयर आम्दानी २२.६६ , नेट वर्थ २६७.५०, कोषको लागत ४.१९ प्रतिशत, सिसिडि ६५.७८ प्रतिशत, बेस रेट ६.९९ प्रतिशत र स्प्रेड दर ३.७० प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved