अनलाइन खातामा कृषि विकास बैंकको उत्कृष्ट अभ्यास, पौडीबाज सिहंले पनि लिईन सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 02:34:15 PM मा प्रकाशित

laxmi  sunrise bank

घरबाटै बैंक खाता खोल्न सकिने सुविधा दिने प्रतिष्पर्धामा सरकारी स्वामित्व धेरै भएको कृषि विकास बैंक Agriculture Development Bank Limited  ले बाजी मारेको छ। अनलाइन भनीएपनि खाता सुचारुको लागि एक पटक बैंकमा हाजिर हुनै पर्ने बाध्यतालाई चिरेर कृषि विकास बैंकले यो प्रतिस्पर्धामा बाजी मारेको हो।

बैंकले न्युनतमरुप मापदण्ड पुग्ने कागजातलाई अनलाइनबाटै पुष्टि गरेर बैंकमा हाजिर नभई खाता सुचारू हुने व्यवस्था गरेको हो। कोरोनाको यस विश्वब्यापी महामारीमा बैंकमा पुगेर औठाछाप लगाउन बैज्ञानिक नभएको निष्कर्षमा पुगेर न्युनतम मापदण्ड पुरा गरेका खातालाई बैंकनै नपुगी सुचारु हुने व्यवस्था गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्ययले बिजपाटीलाई बताए।

'खाता खोल्ने व्यक्तिकै खाता हो भन्ने पुष्टि गरेर बैंकनै नपुगी खाता सुचारु हुने व्यवस्था गरेका छौं लकडाउनको यो विषम परिस्थितिमा यो अभ्यास धेरै प्रभावकारी भएको छ। अहिले निश्चित मापदण्ड पुरा गरेर खाता सुचारु गर्दा त्यसले नेपाल मात्र नभई विदेशमा रहेका नेपालीहरुलाई समेत सहज भएको प्रतिकृया पाएका छौं',  उनले भने।

घर वा अफिसबाट अनलाइन माध्यमबाट खाता खोलेपनि सुचारु गर्नलाई बैंक नगई नहुने बाध्यता भएपनि कृषि विकास बैंकले लकडाउनको यो अवस्थालाई मध्यनजर गरेर केहि जोखिम मोलेर नै यो सुविधा ल्याएको सीईओ उपाध्यायले बताए।

उपाध्यायका अनुसार असारदेखि सुरु गरिएको यो सेवा मार्फत अनलाइनबाट खाता खोल्नेको संख्या १७०० पुगेको र त्यसमध्ये हजार भन्दा बढीको खाता सुचारु भएको छ। यसरी सुचारु भएको खाताबाट ग्राहकले अनलाइन बैंकिङ, बिल भुक्तानी, रकम ट्रान्सफर लगायतका सुविधा लिन सक्नेछन। ७०० को पनि क्रस भेरीफाई हुन् नसकेर सुचारु नभएको तर यो संख्या पनि कम हुँदै गएको उनले बताए। उनका अनुसार जसको क्रस भेरीफाई हुन्छ उसको खाता सुचारु हुनेछ।

अनलाइन बाट खाता खोल्नेलाई एटिएम कार्ड चाहीए वा ठुलो रकम कारोबार गर्नुपर्यो भने मात्र बैंकनै पुग्नुपर्ने तर २५ हजारसम्म कारोबार गर्नका लागि औंठा छाप लगाउन बैंकनै पुग्न नपर्ने सीईओ उपाध्ययले बताए। खातामा राखेको मध्ये निश्चित रकम कारोबार गर्न मिल्नेगरि खाता सुचारु हुने सीईओ उपाध्ययको भनाई छ।

गौरिकाले खोलिन् बेलायतबाटै खाता

बैंकका अनुसार नेपालकी राष्ट्रिय महिला पौडी खेलाडी गौरिका सिंहले अनलाइन मार्फत बेलायतबाट कृषि विकास बैंकमा खाता खोलेकी छन्। अनलाइनबाट खाता खोलेर क्रस भेरीफाई मार्फत खाता सुचारु हुने व्यवस्थाले विदेशबाट भएपनि सामान्य कारोबारमा सहज भएको उनको प्रतिकृया रहेको छ।  

यसबाट विदेशमा हुनेले पनि सजिलै खाता खोलेर नेपालमा परिवार तथा आफन्तको खर्च पनि आफैं भुक्तानी सक्ने भएकाले कमाउनेकै हातमा खर्च गर्ने अधिकार पुगेको छ। अहिले सामान्य मापदण्ड पुरा गरेर खाता सुचारु हुँदा यसबाट विदेशमा रहेका नेपालीहरु धेरै लाभान्वित भएका छन्। उनीहरुले आफ्नो छोराछोरिको स्कुल फी लगायतका शुल्क विदेशबाट नै तिर्न सक्ने भएकाले विदेशमा रहेका तथा नेपालका दुरदराज गाउँका नेपालीहरु बढी लाभान्वित भएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved