नबिल बैंकको नाफा ३ अर्ब ५६ करोड, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 08:22:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७६/७७ मा नबिल बैंक Nabil Bank Limited को खुद नाफा १५.८६ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७५/७६ मा ४ अर्ब २३ करोड नाफा कमाएको नबिलको नाफा गत आर्थिक वर्षमा घटेर ३ अर्ब ५६ करोड कायम भएको हो । कोभिड १९ का प्रभावको कारण ठुलो रकम प्रोभिजन गर्नु परेकोले नाफा घटेको  बैंकले उल्लेख गरेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४ करोड रहेको छ । यस हिसाबमा बैंकले ३० प्रतिशतको हाराहारीमा लाभांश बितरण गर्न सक्ने देखिन्छ । तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ ।  यद्यपि असोज मसान्त सम्म उठ्ने ब्याजलाई पनि अघिल्लो वर्षको ब्यालेन्स सिटमा देखाउन सकिने राष्ट्र बैंकको ब्यबस्थाको कारण बैंकको नाफा बढ्न गई वितरणयोग्य मुनाफा पनि केहि बढ्न सक्ने छ ।

यस अवधिमा बैंकको संचालन मुनाफा पनि १५.४८ प्रतिशतले घटेर ५ अर्ब ९ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी १.९४ प्रतिशतले बढेर ७ अर्ब २ करोड पुगेको छ । त्यस्तै बैंकको निक्षेप १७ प्रतिशतले बढेर १ खर्ब ९० अर्ब पुगेको छ भने कर्जा प्रवाह १६ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब पुगेको छ ।

१० अर्ब ९ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा १५ अर्ब ७० करोड रहेको छ । बैंकको खराब कर्जा ०.७४ प्रतिशतबाट बढेर ०.९७ पुगेको छ । बैंकको प्रति शेयर आम्दानी ३५.३२, प्रति शेयर नेट वर्थ २५५.५२, मूल्य आम्दानी अनुपात २१.६६ गुणा, बेस रेट ७.३२ प्रतिशत, कोषको लागत ७.४९ प्रतिशत, सिसिडि ६८.०८ प्रतिशत र पुँजी पर्याप्तता अनुपात १२.८१ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved